१४ बैशाख २०८१, शुक्रबार

नेफ्स्कूनका सबै सञ्चालकको संस्था स्तरीकरणका कार्यक्रममा सहभागि हुने

६ माघ २०७६, सोमबार
नेफ्स्कूनका सबै सञ्चालकको संस्था स्तरीकरणका कार्यक्रममा सहभागि हुने

काठमाडौं, ६ माघ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) का सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सबै सहकारी संस्थालाई स्तरीकरणका कार्यक्रमहरुमा आवद्ध गराउने भएको छ ।

नेफ्स्कूनले कार्यान्वयनमा गरेको स्तरीकरणका कार्यक्रमहरुमा सञ्चालकहरुका सबै सहकारी आवद्ध गराउने प्रतिवद्धता जाहेर गरिएको हो ।

नेफ्स्कून सञ्चालक समितिको २८६ औं नियमित बैठकले यस्तो निर्णय गरेको हो । धेरै सञ्चालकको सहकारी संस्था नेफ्कूनले कार्यान्वयन गरेको स्तरीकरण कार्यक्रममा आवद्ध छैन ।

बैठकले समयसामयिक विषयहरु लगायत संघको आगामी चार वर्षे रणनीतिक योजनाको मस्यौदा तयार गर्ने समेत निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय