१४ बैशाख २०८१, शुक्रबार

एकै प्रकृतिका एकभन्दा बढी सहकारीमा सदस्य हुन नपाइने, दोहोरो सदस्यता लिने/दिनेलाई कारबाही हुने

२७ असार २०७६, शुक्रबार
एकै प्रकृतिका एकभन्दा बढी सहकारीमा सदस्य हुन नपाइने, दोहोरो सदस्यता लिने/दिनेलाई कारबाही हुने

काठमाडौं, २७ असार
सहकारी विभागले एक स्थानीय तह भित्र एउटा मात्र सहकारीको सदस्य हुन निर्देशन जारी गरेको छ ।

एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाहरूको सदस्यता भएको अवस्थामा २०७७ साल असोज मसान्तभित्रै आफूले छनौट गरेको कुनै एकमात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्न विभागले निर्देशन दिएको हो । सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यहरूलाई अवगत गराउन समेत निर्देशन दिएको छ । यदी २०७७ साल असोज मसान्तपछि दोहोरो सदस्यता रहे कानुनबमोजिम संस्था र सदस्यलाई कारबाही गर्ने विभागले जनाएको छ ।


सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने र ऐन प्रारम्भ हुनुअघि त्यसरी एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभि कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था छ ।


सहकारी ऐन, २०७४ कात्तिक १ गतेदेखि जारी भएको हो ।

अभिलेख

लोकप्रिय